s

विदेशी कामदार एकद्वार नीतिबाट लिने मलेसियाका प्रधानमन्त्रीको भनाइ

Year of Publication: 15 August 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले विदेशी कामदार एकद्वार नीतिबाटमात्र लिने घोषणा गरेका छन्। संसदको विदेशी कामदार सम्बन्धि समितिको बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै मोहम्मदले अवैध विदेशी कामदार कम गर्न एकद्वार नीतिबाट ल्याउने बताएको मलेसियाको स्टार अनलाईको समाचारमा उल्लेख छ।

विभिन्न स्रोतबाट कामदार भित्रिंदा कामदार र देशलाई समस्या परेको भन्दै विदेशी कामदार लिने प्राणली परिवर्तन गर्ने उनको भनाइ छ।

उनको भनाइ उदृत गर्दै अनलाईनले लेखेको छः

‘बंगलादेश, नेपाल तथा अरु देशले त्यस्तो एकद्वार नीति प्रयोग गर्ने छन्।’

बिचौलिया धेरै भएकोले समस्या आएको र बैदेशिक कामदारको क्षेत्रमा पुराना नीति परिमार्जन गरिने उनले बताएका छन्।

प्रधानमन्त्रीले नेपाली कामदारको बारेमा पनि उक्त कार्यक्रममा बोलेका छन्। उनले नेपाल सरकासँग छिटोभन्दा छिटो सैद्धान्तिक सहमति गरेर अहिले देखिएको समस्या समाधान गर्ने बताएका छन्।

यसैबीच मलेसिया सरकारले विदेशी कामदारको बायोमेट्रिक जाँच बारे काम गर्दै आएको बेस्टिनेट कम्पनीलाई निलम्बन गरेको छ।

Published on: 15 August 2018 | Setopati

Back to list

;