s

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

Year of Publication: 15 August 2022 | Setopati

Published by: CESLAM

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

इलाम नगरपालिका-१ नारायणटार घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुशी बस्ने ३७ वर्षीय प्रकाश राई र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-७ खाडिचौर घर भई टोखा बस्ने २७ वर्षीय अविनाश कार्कीलाई पक्राउ गरेको हो।

उनीहरू दुई जनालाई छुट्टाछुट्टै मुद्दामा आइतबार पक्राउ गरेको हो। राईले पाँच जनालाई सिजलन भिसामा बेलायत पठाइदिन्छु भनेका थिए। त्यसबापत प्रति व्यक्ति ९ लाख रुपैयाँ लाग्ने र बेलायतमा प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा चार लाख मासिक तलब हुने आश्वासन दिएका थिए।

त्यसरी उनले १५ लाख रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए।उनले प्रत्येक व्यक्तिबाट तीन लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएको भन्दै जाहेरी परेको थियो।

यस्तै कार्कीले भने दुबई पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। उनले दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिसामा दुबई जानको लागि ७ लाख ५० हजार रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनी आर्मस् गार्डको काम लगाइदिन्छु भनेका थिए।

त्यहाँ काम गर्दा एक लाख रुपैयाँ तलब हुने प्रलोभनमा वारी पीडितबाट सात लाख ५० हजार रुपैयाँ ठगेर फरार भएका थिए।उनीहरू दुबै जनालाई वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाएको छ।

Published on: 15 August 2022 | Setopati

Link

Back to list

;