s

विदेश जानेको म्यादी बिमा सहज बनाउन मन्त्रालयको पत्र

Year of Publication: 26 December 2019 | Onlinekhabar

Published by: CESLAM

वैदेशिक रोजगार म्यादी बिमा सहज बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिमा समितिलाई पत्राचार गरेको छ । बिमा कम्पनीहरुका कारण वैदेशिक रोजगारीमा जाने युवाहरुले दुःख पाएको भन्दै वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले केही व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै आएका थिए । महानिर्देशकको रिपोर्टपछि तालुकदार मन्त्रालयले बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिलाई पत्राचार गरेको हो ।

मन्त्रालयले पत्रमा वैदेशिक रोजगार म्यादी बिमाको प्रिमियम अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गर्न समितिलाई भनेको छ । मन्त्रालयले बिमाको अवधि घटाउनु्पर्ने समेत बताएको छ । हाल वैदेशिक रोजगारीमा जानेहरुका लागि अनिवार्य गरिएको म्यादी बिमा ३ वर्षका लागि हुन्छ । २ वर्षका लागि विदेश जानेहरुले पनि ३ वर्ष नै गर्नु पर्ने विद्यमान व्यवस्थालाई संशोधन गर्नुपर्ने राय मन्त्रालयको छ ।

विदेश जानका लागि जति समयको करार सम्झौता गरिएको छ त्यो भन्दा ६ महिना बढीको मात्रै बिमा गर्ने व्यवस्था गर्न समितिलाई मन्त्रालयले भनेको छ । यसैगरी हाल लिइरहेको बिमा प्रिमियम घटाउन समेत मन्त्रालयले पत्रमा लेखेको छ । विभागका महानिर्देशक भुसालले बिमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई गरेको ब्यवहार ठीक नभएको भन्दै आलोचना गर्दै आएका छन् ।

Published on: 26 December 2019 | Onlinekhabar

Link

Back to list

;