s

विदेश जाने कामदारलाई बैंक खाता अनिवार्य

Year of Publication: 4 September 2019 | Kantipur

Published by: 4 September 2019 | Kantipur

सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूलाई बैंक खाता अनिवार्य रूपमा खोल्नुपर्ने व्यवस्था लागू गरेको छ । वैदेशिक रोजगार विभागले सोमबारदेखि परीक्षणका रूपमा यो व्यवस्था लागू गरेको हो । वैदेशिक रोजगारमा रहेको नपालीहरूले कमाएर रेमिट्यान्स हुन्डीका रूपमा कारोबार हुने प्रवृत्तिलाई पूर्ण रूपमा नियन्त्रण गर्न बैंक खाता अनिवार्य गरेको हो । खाता अनिवार्य गरिएपछि अब नेपाली कामदारले कमाएको पैसा बैंकमार्फत पठाउनुपर्छ ।

नेपाली कामदारले कमाएको पैसा बैंक खातामार्फत नल्याएको खुलेमा उसलाई अर्कोपटक श्रम स्वीकृति नदिइने विभागले जनाएको छ ।अब श्रम स्वीकृतिका लागि कामदारलेआफ्नो वा आफ्नो हकवालाको नाममा बैंकमा खाता खोलेको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ ।

विभागको अनलाइन सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा समेत बैंक खातासहितको विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ ।

Published on: 4 September 2019 | Kantipur

Back to list

;