s

विदेश जाने बढे, रेमिट्यान्स घट्यो

Year of Publication: 19 December 2019 | Setopati

Published by: CESLAM

चालू आर्थिक वर्षको पहिलो ४ महिनामा अघिल्लो वर्षको तुलनामा नेपाल आउने रेमिट्यान्स घटेको छ।नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स २.३ प्रतिशतले घटेको हो।

केन्द्रीय बैंककाअनुसार चालू वर्षको पहिलो ४ महिनामा ३ खर्व ४ अर्व ९७ करोड रेमिट्यान्स आएको छ।अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ३६.४ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्मा उल्लेख छ।यही अवधिमा विदेश जानेको संख्या भने बढेको छ।

यो ४ महिनामा अघिल्लो वर्षको तुलनामा अन्तिम श्रम स्विकृती लिनेको संख्या ५.६ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३९.४ प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ९.१ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या १०.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङकले देखाउँछ।

Published on: 19 December 2019 | Setopati

Link

Back to list

;