s

भाषा र सीप परीक्षामा ६० प्रतिशत ल्याउनेले जापान जान पाउने

Year of Publication: 3 September 2019 | Setopati

Published by: CESLAM

भाषा र सीप परीक्षणमा ६० प्रतिशत अंक ल्याउनेले स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्लु) अन्तर्गत नर्सिङ केयर गिभरमा जापन जान पाउने भएका छन्। अक्टोबर २७ देखि २९, नोभेम्बर ५ देखि ७ र नोभेम्बर १२ देखि १४ सम्म हुने भनिएको जापानिज भाषा र सीप मूल्यांकन परीक्षाको पूर्णाङ्कको ६० प्रतिशत ल्याउनु पर्नेछ।

जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सूचनाअनुसार नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टमा ६० वटा प्रश्न आउने छन् र ‘नर्सिङ केयर जापनिज भाषा इभ्यालुयसन टेष्ट’मा १५ वटा प्रश्नहरू आउने छन्। कम्प्युटर बेस्ड टेस्टिङ मेथडबाट लिइने परीक्षाको परिक्षाफल एक महिना पछि आउनेछ।

परीक्षार्थीले नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्टको लागि एक हजार जापानी येन र नर्सिङ केयर जापानिज भाषा इभ्यालुयसन टेष्ट’ को लागि १ हजार जापानी येन तिर्नु पर्नेछ। परीक्षाको मिति तय भइसकेपनि निवेदन दिने मिति अब केही समयमै तय हुने वैदेशिक रोजगार महाशाखाका उपसचिव दिपक ढकालले जानकारी दिए।

Published on: 3 September 2019 | Setopati

Back to list

;