s
Year of Publication: 28 December 2021 | Kantipur
Published by: CESLAM
कान्तिपुर संवाददाता
नयाँदिल्ली — सन् २०२१ मा भारतबाट १ सय ३ जना महिला तथा बालबालिकलाई उद्धार गरिएको छ । त्यसमध्ये ६४ जनालाई नेपाल पठाइएको छ ।
मानव बेचबिखनविरुद्ध काम गर्दै आएको ‘किन इन्डिया’ ले आफ्नो वार्षिक प्रतिवेदनमा यसबारे जानकारी दिएको हो । काठमाडौंमा रहेको ‘किन नेपाल’ को नयाँदिल्लीस्थित शाखा ‘किन इन्डिया’ प्रमुख नवीन जोशीका अनुसार उद्धार गरिएकामध्ये ६३ जना महिला तथा किशोरी र ४० जना बालबालिका हुन् ।
तीमध्ये विभिन्न १२ वटा घटनामा पीडकविरुद्ध मुद्दासमेत दायर गरिएको जोशीले जनाए । सन् २०१८ यता दिल्लीमा सक्रिय संस्थाले उक्त अवधिमा ३ सय ३६ जनाको उद्धार गरिसकेको जनाएको छ ।
Published on: 28 December 2021 | Kantipur
GET IN TOUCH