s
Year of Publication: 24 Noveber 2021 | Nagarik
Published by: CESLAM
चुमन बस्नेत
विराटनगरमा वैदेशिक रोजगारीमा जानेहरुका लागि अभिमुखीकरण तालिम सुरु भएको छ। मंगलबारदेखि सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ।
वैदेशिक रोजगारीका लागि जाने युवा–युवतीलाई लक्षित गरेर तालिम आयोजना गरिएको छ। विदेश जानेलाई उचित परामर्श दिनसक्ने टोली तयार गर्नका लागि सुरक्षित आप्रवासन परियोजनाले क्षमता विकास तथा पुनर्ताजगी तालिमको आयोजना गरेको हो।
तालिमको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गरे। परियोजनाका मोरङ संयोजक दीपक राउतका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका तथा परियोजनामा आवद्ध भएका मोरङ र झापाका २४ जना स्वयंसेवक तालिममा सहभागी भएका छन्।
तालिम प्राप्त गरेपछि स्वयंसेवकले फिल्डमा गई वैदेशिक रोजगारीमा जानेहरुलाई भेट्दै सीप सिकेर र सही जानकारी लिएर मात्रै विदेश जान अभिप्रेरित गर्ने छन्। उनीहरुले वैदेशिक रोजगारीका बारे गाउँ–गाउँमा पुगेर जानकारी गराउने छन्।
‘कुनै पनि कुरा थाहा नपाइकन रोजगारीका लागि विदेश जानेहरुको संख्या पनि ठूलो छ,’ प्रजिअ दाहालले भने, ‘आफू जाने मुलुकका बारेमा राम्रोसँग थाहा पाउनु पर्छ। बिना जानकारी विदेश पुग्दा धेरैले दुःख खेप्नु परेको छ। कतिपय अवैध रूपमा विदेश गइरहेका छन्।’ आफूसँग भएको सीपका आधारमा जानुपर्छ। वैदेशिक रोजगारीमा जाँदा सरकारले बनाएको नियम पूरा जाँदा सुरक्षित हुनका साथै विदेशमा केही समस्या भए सम्बन्धित दूतावास वा नजिकका नियोगमा सम्पर्कमा जान प्रजिअ दाहालले आग्रह गरे।
Published on: 24 Noveber 2021 | Nagarik
GET IN TOUCH