s

वैदेशिक रोजगारको अनियमितता रोक्न तत्पर छुः गृहमन्त्री थापा

Year of Publication: 15 March 2018 | Madhyanha

Publication Type: NEWS

Published by: CESLAM

गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले वैदेशिक रोजगारीका नाममा विपन्न अवस्थाका नेपालीको घर–घडेरी नै सकिन थालेको भन्दै समाज विकासको अवरोधका रुपमा रहेका तस्करी भ्रष्टाचारसँगै वैदेशिक रोजगार क्षेत्रमा अनियमितता रोक्न आफू तत्पर रहेको बताएका छन् ।
 
वैदेशिक रोजगार मगर व्यवसायी समाज, नेपाल मगर संघ केन्द्रीय समिति तथा संयुक्त मगर मञ्च नेपालद्वारा बुधबार संयुक्त रुपमा राष्ट्रिय सभा, प्रतिनिधिसभा तथा प्रदेशसभाका नव–निर्वाचित मगर सदस्यहरुको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थापाले ठगी रोक्न सबै पक्षबाट सूचना दिनुपर्ने  धारणा राखे ।
 
उनले भने, ‘हालै सम्पन्न निर्वाचनको जनादेशबाट नेपाली जनतालाई विकास र शान्ति चाहिएको प्रष्ट भएको छ, तर हाम्रा यूवा रोजगारीका लागि मुग्लान पुगेका छन् । उनीहरूको आकांक्षा विकासविना पूरा सम्भव छैन । त्यसैले अन्याय अत्याचार  र ठगी विरुद्ध सबै एक हुनु जरुरी छ ।’
 
नेपाल सरकार  (कार्यविधि) नियमावली–२०७४ अनुसार वैदेशिक रोजगार सम्बन्धी नीति–कानून, मापदण्ड, व्यवस्थापन र नियमन श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत रहे पनि गृहमन्त्री थापाले वैदेशिक रोजगार भित्र ठगी बढेको भन्दै त्यसविरुद्ध आफू सक्रिय रुपमा लाग्ने बताएका छन् । मन्त्री थापालाई बधाई दिन पुगेका वैदेशिक रोजगार व्यवसायीहरुलाई उनले कामदारलाई शोषणबाट बचाउनुपर्ने बेला आएकाले इमान्दार हुन आग्रह गरे ।
 
सोमबार मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवन आचार्यलाई आफ्नै कार्यकक्षमा बोलाई वैदेशिक रोजगार ठगी रोक्न निर्देशन दिएका थिए । हाल मन्त्री बुझ्ने क्रममा नै रहेको भन्दै गृह श्रोतले परिस्थिति बुझेपछि नेपाल प्रहरीलाई अनुसन्धान र कारवाहीको ठोस निर्देशन दिने बतायो ।
 
Published on: 15 March 2018 | Madhyanha

Back to list

;