s

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

Year of Publication: 7 July 2022 | Kantipur

Published by: CESLAM

शंकर आचार्य

पर्सा — वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका ३ घर भई वीरगन्ज महानगरपालिका–१६ मा डेरा गरी बस्ने ३४ वर्षीय नवलकिशोर साह कानु छन् । कानुले 'फ्रि टिकट, फ्रि भिसा'मा विदेश पठाइदिन्छु भनी मेडिकल गर्ने बहानामा विभिन्न व्यक्तिसँग २५ हजारदेखि २ लाख रुपैयाँसम्म ठगी गरेको आरोप छ ।

यस काममा उनले अन्य व्यक्तिको नागरिकता प्रतिलिपि प्रयोग गरी आइएमइमार्फत आएको रकम झिकिरहेको भन्ने समेत बेहोराको पीडितको जाहेरी दरखास्त परेको थियो । सोही आधारमा प्रहरीले आइतार साँझ ५ बजे वीरगन्ज महानगरपालिका १६ उनकै कोठाबाट पक्राउ गरेको हो । प्रहरीले घटनाबारे बुधबार सार्वजनिक गरेको हो ।

कानुको डेराबाट ३ लाख रुपैयाँ नेपाली र १ लाख ४८ हजार रुपैयाँ भारु बरामद भएको छ । साथै विभिन्न स्थानबाट आइएमइमार्फत मगाइएको पैसा झिकेको आइएमइ कन्ट्रोल आइडी नम्बरसहितका कागजातहरू समेत बरामद भएको छ । उनलाई सोमबार पर्सा जिल्ला अदालतमा पेस गरी ठगीसम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Published on: 7 July 2022 | Kantipur

Link

Back to list

;