s

बैदेशिक रोज्गार को क्षेत्र यही अवस्था मा रहन्न दिन्न : मन्त्री बिष्ट

Year of Publication: 12 April 2018 | Kantipur

Publication Type: NEWS

Published by: CESLAM

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारका क्षेत्रमा देखिएका विकृति केहि दिनभित्रै अन्त्य गर्ने बताउनुभएको छ। वैदेशिक रोजगारलाई अहिलेकै अवस्थामा रहन नदिने भन्दै मन्त्री बिष्टले त्यसका लागी मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो ।
 
रेडियो कान्तिपुरसँग मन्त्री बिष्टले कामदारको सुरक्षालाई केन्द्रमा राख्दै बेथिती अन्त्यका लागी मन्त्रालय कडाईका साथ प्रस्तुत हुने जानकारी दिनुभयो । वैदेशिक रोजगारको क्षेत्रलाई कसरी सुधार गर्ने भन्ने बिषयमा सरोकारवालाहरुसंग छलफल गरिरहेको भन्दै उहाँले नयाँ बर्षको सुरुवातबाटै त्यसको अनुभुती हुने दाबी गर्नुभयो । म्यानपावर व्यवसायीको मनोमानी बढेको बिषयलाई आफुले गम्भीरताका साथ नियालिरहेको भन्दै मन्त्री बिष्टले यस्ता बेथिती अन्त्यका लागी कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । नीति नियम मिचेर आफु खुसि अघि बढ्ने म्यानपावर व्यवसायीविरुद्ध कठोरताका साथ प्रस्तुत हुने बिष्टको चेतावनी छ । नयाँ श्रम गन्तब्य तथा श्रम सम्झौताका लागी केही मुलुकसंग छलफल अघि बढेको भन्दै मन्त्री बष्टिले नेपाली कामदारको हक हितलाई मध्यनजर गर्दै नयाँ सम्झौता अघि बढाउने उद्घोष गर्नुभयो । 
 
Published on : 12 April 2018 | Kantipur

Back to list

;