s

बहराइनले नेपाली श्रमिकको कोटा बढाउँदै

Year of Publication: 13 November 2019 | Kantipur

Published by: CESLAM

बहराइनले नेपाली श्रमिकको कोटा थप बढाउने भएको छ । नेपालका लागि गैरआवासीय बहराइनका राजदूत अब्दुलरहमान मोहम्मद अहम्मद अल गाओदले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई भेटी बहराइन सरकारले नेपालीको संख्या बढाउन लागेको जानकारी दिएका हुन् । बहराइनमा झन्डै २५ हजार नेपाली कार्यरत छन् ।

‘नेपाली अनुशासित र कामप्रति प्रतिबद्ध भएकाले बहराइनमा नेपाली श्रमिकको माग बढेको हुँदा बहराइन सरकारले नेपाली श्रमिकको संख्या बढाउन चाहेको छ,’ राजदूत गाओदले भने ।

मन्त्री विष्टले नेपाल र बहराइनबीच भएको श्रम समझदारीलाई समयानुकुल बनाउनुपर्ने बताए ।

‘बहराइनमा रोजगारीका लागि जाने नेपाली श्रमिकको संख्या वृद्धि गर्ने विषयमा नेपाल सरकार सकारात्मक छ,’ भेटमा उनले भने,‘पुराना श्रम समझदारीलाई प्रतिस्थापन गरी नया श्रम समझदारी गर्नु जरुरी छ ।’

राजदूत गाओदले श्रम समझदारी परिमार्जन गर्न बहराइन सरकार तयार रहेको बताउँदै नेपाली श्रमिकको हकहित र कल्याणका लागि वहराइन सरकार प्रतिबद्ध रहेको बताए ।

Published on: 13 November 2019 | Kantipur

Link

Back to list

;