s

बढेको धरौटी फिर्ता गर्न म्यानपावर व्यवसायीको माग

Year of Publication: 17 January 2019 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

वैदेशिक रोजगार व्यवसायीहरुले धरौटी रकम बढाउने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। धरौटी बढाउँदैमा वैदेशिक रोजगार व्यवस्थित नहुने भन्दै यो निर्णय फिर्ता लिनुपर्नेमा व्यवसायीले जोड दिएका छन्।

‘धरौटी बृद्धिको प्रस्तावले वैदेशिक रोजगार क्षेत्रमा दलाल पुँजीपतीहरुको एकाधीकार कायम हुनेछ र अघोषित सिन्डिकेट खडा भई नेपाली युवाको चरम शोषण हुनेछ’ व्यवसायीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वर्षमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड पुर्‍याउने र ५ हजार भन्दा कम कामदार पठाउनेको भने नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड धरौटी बढाइएको थियो।

यस अघि म्यानपावरको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी थियो। धेरै मात्रामा म्यानपावरहरु खुलेको, सेवा भन्दा पनि नाफा कमाउने हिसावले संचालनमा आएको, विदेशमा कामदारहरुलाई धेरै समस्या पर्ने गरेको भन्दै त्यसलाई व्यवस्थित र मर्यादित बनाउन भन्दै श्रम मन्त्रालयले म्यानपावरको धरौटी बढाउने प्रस्ताव गरेको थियो।

नेकपा निकटका प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चले संयुक्त विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारको क्षेत्र संकटग्रस्त बन्दै गएको औंल्याएका छन्।

मलेसियाको रोजगारी अहिलेसम्म बन्द अवस्थामा रहनु, वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुले दीर्घकालमा असर पर्ने व्यवसायीको दावी छ।

Published On: 17 January 2019 | Setopati

Back to list

;