s

अस्ट्रेलियामा काममा ठगिनु भएको छ? फोन घुमाइहाल्नोस्

Year of Publication: 10 November 2019 | Setopati

Published by: CESLAM

विदेशी पृष्ठभूमिका कामदार/कर्मचारीले आफ्नो कार्यस्थलबाट पाउनुपर्ने अधिकार जान्न, बुझ्न र कामको शोषणको उजुरीका लागि अस्ट्रेलियाको न्यु साउथ वेल्स सरकारले आप्रवासी रोजगारी कानुनी सेवा सुरु गरेको छ।

न्यु साउथ वेल्स सरकारको पहलमा सुरु भएको यस सेवा अन्तर्गत काममा हुने शोषण वा शोषित भएका विदेशी पृष्ठभूमिका कर्मचारीलाई आफ्नो कार्यस्थल सम्बन्धी अधिकारबारे बुझेर नपाएको सेवासुविधा पाउन सहयोग पुग्ने अस्ट्रेलिया सरकारले जनाएको छ।

कम तलबमा काम गराउने, सुपर एनुएसन (सन्चयकोष) र ओभर टाइम नदिने जस्ता समस्या अस्ट्रेलियाका आप्रवासीले सामना गर्ने गरेका छन्। यस्ता समस्याबाट सिड्नी, ब्रिसबेन, मेलवर्न लगायत शहरमा रहेका विभिन्न पेशाका कर्मचारी प्रभावित छन्।

रेष्टुरेन्ट र विभिन्न निजी व्यसायमा कर्मचारीलाई थोरै पैसामा काम लगाउने, ओभरटाइम नदिने जस्ता घटनाक्रम बढेपछि सरकारले प्रत्यक्ष निगरानी गर्न यो निकाय संचालनमा ल्याइएको हो।

‘आप्रवासीहरुलाई अन्यायपूर्ण ढङ्गबाट तलब दिइन्छ, उनीहरूलाई अन्याय पूर्ण ढङ्गले कामबाट हटाइन्छ र कार्यक्षेत्रमा यौन दुव्र्यवहार तथा मानसिक रूपमा पीडित बनाइन्छ भने त्यही जोखिममा रहेको समुदायलाई सहयोग गर्न यो सेवा ल्याइएको हो’ सरकारका प्रवक्ताले भनेका छन्

यसरी कामदारलाई न्युन पारिश्रमिक दिने र ओभरटाइम तथा सुपर एनुयसन नदिने रोजगारादातालाई सरकारले ठूलो जरिवाना तथा जेल सजायको व्यवस्था समेत गरेको छ। कार्यस्थलको अधिकार र शोषणबाट सुरक्षित राख्न थप जानकारीका लागि फेयरवर्क अम्बड्सम्यानको दोभासे सेवालाई १३१४५० मा आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूले सम्पर्क गर्न सक्नेछन्।

Published on: 10 November 2019 | Setopati

Link

Back to list

;