s

अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

Year of Publication: 3 March 2018 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

नेपाल जब प्लेसमेन्ट’ नामक कम्पनीले अस्ट्रेलिया पठाइदिन्छु भन्दै लाखौैं रुपैयाँ ठगी गरेको पाइएको छ। प्रहरीले उक्त कम्पनीका सञ्चालकसहित चारजनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा कम्पनीका सञ्चालक रोशन कार्की, पूजा प्याकुरेल र शक्ति भुजेल छन्। उनीहरूले भारतमा बस्ने दीपक श्रेष्ठमार्फत अस्ट्रेलिया पठाउने भन्दै सातजनाबाट एक करोड ५४ लाख रुपैयाँ उठाएको आरोप छ।
 
ठगी गरेको भन्दै कम्पनीविरुद्ध पीडितहरू पवन भण्डारी, मिङ्मार शेर्पा, रवीन्द्र श्रेष्ठ, राजकुमार मगर, सन्दीप गुरुङ, कुमार मगर र ज्ञानकुमार लामाले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन्।
 
पीडितलाई दिल्लीमा एक महिना राखेर अस्ट्रेलिया नपठार्ई ठगी गरेको अनुसन्धानबाट देखिने परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पीडकहरूले १५ लाख ७५ हजार मात्रै फिर्ता गरेपछि पीडितहरू प्रहरीमा पुगेका थिए।
 
Published on: 3 March 2018 | Annapurna Post

Back to list

;