s

असोज १५ देखि 'वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली' लागू हुने

Year of Publication: 10 September 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

असोज १५ देखि 'वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली' लागू हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज १५ देखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइएमईएस) लागू गर्ने भएको छ।

वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि यो प्रणाली लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ।

यसबाट सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिसमक्ष पुर्याई वैदेशिक रोजगार व्यवस्थित हुने मन्त्रालयको दावी छ।

सबैलाई पहुँच हुनुका साथै गलत सूचनाका आधारमा हुन सक्ने ठगी नियन्त्रणका लागि यसले सहयोग पुर्याउने बताइएको छ। यस प्रणालीको प्रयोगले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुने लगायतको अद्यावधिक तथ्याङ्क उपलव्ध हुनेछ।

यो प्रणालीका सूचना तथा सेवा मोबाइल एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।

Published On: 10 September 2018 | Setopati

Back to list

;