s

'एनल रेप' गर्ने हङकङका नेपालीलाई पाँच वर्ष जेल

Year of Publication: 23 January 2013 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

अङ्ग्रेजी नयाँ वर्षको दिन अष्ट्रेलियन-चिनियाँ युवतीलाई बलत्कार गर्ने हङकङका सञ्जीव गुरुङ चार वर्ष नौ महिनाका लागि जेल गएका छन्। हङकङको प्रसिद्ध रात्रिकालीन सेन्टर लनक्वाइफोङमा २० वर्षकी युवतीलाई बलत्कार गरेको दोषमा उच्च न्यायालयले २८ वर्षीय गुरुङलाई जेल चलान गरेको हो।

लनक्वाइफोङको बारमा मातेको अवस्थामा रहेकी युवतीलाई गुरुङले वानचाईको लजमा पुर्‍याएर पछाडिबाट बलात्कार गरेको न्यायालयले जनाएको छ। स्थानीय दैनिक द स्ट्याण्डर्डले मंगलबार उच्च न्यायालयका उपन्यायाधीश अल्बर्ट सुङहौ वङलाई उद्धृत गर्दै 'पीडित युवतीले मादक पद्धार्थ सेवन गरेको भए पनि होसमा भएकाले सञ्जीवले गरेको एनल रेपको घटना सम्झिएको' उल्लेख गरेको छ।

सञ्जीवले पहिले लागू पद्धार्थ सेवन गरेको रेकर्ड भएको जनाउँदै उपन्यायाधीशले उनलाई मानसिक सन्तुलनसम्बन्धी उपचारसमेत आवश्यक रहेको बताएका छन्। न्यायालयका अनुसार पाँच वर्ष जेल जानुपर्ने भए पनि सञ्जीवले पहिले स्वंसेवा गरेको रेकर्ड भेटिएकाले तीन महिना सुरुमै कटौती भएको छ।

जनवरी १ को साँझ लनक्वाइफोङ पुगेकी युवती आफ्नो साथीलाई नभेटेपछि एक्लै बारमा प्रवेश गरेकी थिइन्। त्यहाँ काम गर्ने गुरुङले उनलाई मादक पेय पद्धार्थ सर्व गरेका थिए। मातेपछि ट्याक्सीमा घर फर्कन लागेकी युवतीलाई सञ्जीवले वानचाईस्थित लोकहार्ट रोडको लजमा पुर्‍याएर बलत्कार गरेको बताइएको छ।

बलत्कारको पीडाले चिच्याउने क्रममा सञ्जीवबाट छुटकारा पाएकी युवतीले एक जना पुरुष साथी तथा चर्चको पाश्चरलाई भेटेपछि घटनाबारे प्रहरीलाई खबर गरेकी थिइन। अर्को पुरुषसँग प्रेम सम्बन्धमा रहेकी युवती अध्ययनका लागि अष्ट्रेलिया फर्केकी छन्।

Published on: 23 January 2013 | Nagarik

Back to list

;