s

अमेरिकाद्वारा ९ हजार टीपीएस प्राप्त नेपालीलाई १ वर्षभित्र नेपाल फर्कन आग्रह

Year of Publication: 27 April 2018 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने  र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ।
 
एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल फिर्ता हुन आग्रह गरिएको निर्देशनमा भनिएको छ ‘यसका लागि नेपाली सरकारसँग पनि हामी समन्वयन गर्ने छौ।’
 
अप्रिल २६ मा होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशनमा भनिएको छ  ‘नेपाली नागरिकका लागि जारी गरिएको टिपीएस जुन २४, २०१९ मा अन्त्य हुनेछ। यो अवधिभित्र टीपीएस मार्फत काम र वसोवासको अनुमति पाएका ९ हजार नेपालीलाई अन्य कुनै कानुनी प्रक्रिया अपनाउन वा स्वदेश फिर्ता हुन निर्देशन गर्दछौ।’
 
सन् २०१५ मा नेपालमा गएको भूकम्पका कारण अमेरिकी सरकारले कागजपत्र बिहिन नेपालीहरुलाई अस्थायी काम गर्ने तथा ‍ओहोदोहोर गर्ने अनुमति प्रदान गरेको थियो। ‘अब नेपालमा असुरक्षाको अनुभूती नभएका कारण हामीले टीपीएस एक वर्ष भित्र सकिने निर्णले गरेका छौं।’
 
नेपालमा तीन वर्ष अगाडि ७.८ रेक्टर स्केलको भूकम्प गएपछि अमेरिकाले अमेरिका भित्र रहेका कागजपत्रबिहिन नेपालीहरुलाई अस्थायी बसोवाससहित काम गर्नका लागि टिपीएसको प्रदान  गरेको थियो।
 
सन् १९९० देखि अमेरिकी सरकारले राजनीतिक, प्राकृतिक बिपत, हत्या हिंसाले प्रभाव पारेका मुलुकका नागरिकहरुका लागि टिपीएस मार्फत संरक्षणको ब्यवस्था गर्दै आएको छ।
 
होमल्याण्ड स्क्युरिटीद्वारा जारी गरिएको निर्देशन
Published on: 27 April 2018 | Setopati

Back to list

;