s

'अमेरिका पठाइदिन्छु' भन्दै २६ लाख ठगेको आरोपमा एक जना पक्राउ

Year of Publication: 28 December 2023 | Setopati

Published by: CESLAM

'अमेरिका पठाइदिन्छु' भन्दै २६ लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा-३ बस्ने ५९ वर्षीय भैरवबहादुर ठकुरी पक्राउ परेका हुन्।

उनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो।

उनीविरूद्ध कृतेश खरेल समेत २ जनाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि सम्पर्क विहिन भएको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Published on: 28 December 2023 | Setopati

Link

Back to list

;