s

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगेको आरोपमा एक जना पक्राउ

Year of Publication: 17 October 2023 | Setopati

Published by: CESLAM

अमेरिका पठाइदिन्छु भन्दै ११ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

दैलेख घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ बस्ने ४० वर्षीय कुलबहादुर पन्त पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

पन्तले वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको भन्दै भुवनेश्वर अमात्यले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

'उनलाई पक्राउ गर्न विभागले पत्राचार गरेको थियो। त्यसैले पक्राउ गरेका हौं,' उनले भने।

थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Published on: 17 October 2023 | Setopati

Link

Back to list

;