s

अघिल्लो कार्यकालमा सुरु गरेको नीतिगत सुधारलाई अगाडि बढाउँछु : मन्त्री भण्डारी

Year of Publication: 16 July 2024 | Kantipur

Published by: CESLAM

काठमाडौँ — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले आन्तरिक श्रम बजारको सवलीकरण र वैदेशिक रोजगार क्षेत्रमा देखिएको विकृतिलाई हटाउन आफूले अघिल्लो कार्यकालमा सुरु गरेको नीतिगत सुधारलाई निरन्तरता दिने बताएका छन् ।

‘यो स्थायित्व बोकेको सरकार हो । हामीलाई कुनै किसिममा नाटक वा स्टण्ड गर्ने छुट छैन । सबै पक्षलाई इमान्दारपुर्वक नतिजा दिन सकेनौँ भने हाम्रो असफलता हुन्छ,’ दोश्रो पटक श्रमको कार्यभार समाल्दै मन्त्री भण्डारीले भने, ‘आन्तरिक रोजगारको सुनिश्चिता र वैदेशिक रोजगारमा भएका बिकृति हटाउन चालिएका नीतिगत सुधारलाई निरन्तरता दिनेछु ।’

मन्त्रालयको जिम्मेवारी लिए लगत्तै मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐन र श्रम ऐन परिमार्जन गर्न अलग–अलग कार्यदल गठन गर्ने र आगामी आर्थिक वर्ष मन्त्रालयले बनाएको कार्ययोजनालाई लागू गर्ने निर्णय गरेका छन् ।

उनी गत फागुन २१ गते श्रम मन्त्रालयबाट बाहिरिएका थिए । त्यस लगत्तै जिम्मेवारी पाएका निवर्तमान श्रममन्त्री डोलप्रसाद अर्यालले लिएका नीतिलाई निरन्तरता दिइने बताए । ‘म पछि आउनुभएका मन्त्रीबाट राम्रै काम गर्नुभएको होला । त्यसमा मलाई भन्नु केही छैन । उहाँले गरेका कुराहरुलाई अगाडि बढाउनुपर्छ । संस्थाले गरेका कुराहरु संस्थागत हुन्छ । हिजो को थियो ? भोलि को आँउछ ? यो निरन्तर अगाडि बढ्ने प्रक्रिया हो,’ उनले भने,‘हामीले पनि केही सुधारका नीतिगत कुराहरुे अगाडि बढाएका थियौं । त्यसले निरन्तता पाउनेछ ।’

उनले श्रम मन्त्रालयलाई सबैको आर्कषण र सम्मानयोग्य मन्त्रालय बनाउने लक्ष्य राखेर श्रममा फर्किएको बताए । ‘यो मन्त्रालयको छनोट धेरैले पहिला नै गर्दैन । कसैले भौतिक, उर्जा, अर्थ, शहरी, पर्यटन चाहियो भन्छ । श्रम त अन्तिममा मात्रै हो,’ उनले भने, ‘कर्मचारी तन्त्रमा पनि श्रम मन्त्रालयमा सरुवा हुदा फालिएको अनुभव गर्छन् । मेरो प्रयास श्रम मन्त्रालयको आर्कषण बढाउने हो । भोलि श्रममा आउनको चाहे राजनीतिक नेता होस् वा कर्मचारी १० ठाउँमा कुदेर जानु नपरोस् । त्यो हैसियतमा पुर्‍याउन सकिन्छ । यसमा म ढुक्क छु ।’

Published on: 16 July 2024 | Kantipur

Link

Back to list

;