s

अफगानिस्तानबाट ८२८ नेपाली फर्किए

Year of Publication: 31 August 2021 | Nayapatrika

Published by: CESLAM

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरूमध्ये आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट पाँचजना तथा सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जनासमेत थप ५० जना स्वदेश फर्केका छन् । हालसम्म कुल आठ सय २८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा उद्धारको पर्खाइमा ३४ जना नेपाली छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगमनपश्चात् कोभिड– १९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।’

Published on: 31 August 2021 | Nayapatrika

Link

Back to list

;