s

अध्यागमनका ९ अधिकृतसहित २२ जनाविरुद्ध मानव तस्करी गरेको कसूरमा मुद्दा दर्ता

Year of Publication: 2 February 2024 | Annapurna Post

Published by: CESLAM

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।

सरकारी कागजात किर्ते गरी संगठितरूपमा भिजिट भिसामा मानव तस्करी गरेको भन्दै अध्यागमन अधिकृतहरू ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो लिम्बु र नरविर खड्कासहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

त्यस्तै गीता शाह, सरोजकुमार यादव, पदम लामा, मनोज तामाङ, रामप्रसाद भण्डारी, दिनेश ज्ञवाली, रविन अर्याल, विनोद कार्की, कौशिला मगर, लक्ष्मी राई र रीता दमाईविरुद्धसमेत मुद्दा दर्ता भएको छ।

ट्राभल एजेन्सीमार्फत् रकम लिएर नक्कली कागजात बनाउनेदेखि विमानस्थलबाट बाहिर पठाउने प्रक्रियामा अध्यागमनका कर्मचारीहरूको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। गत मंसिर १८ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागज कीर्ते गरी मानव तस्करी गर्ने गिरोहसँग संलग्न रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो।

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर मानव तस्करी बढ्न थालेपछि सरकारले भिजिट भिसाको यसअघिको १७ बुँदे प्रावधान खारेज गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ।

Published on: 2 February 2024 | Annapurna Post

Link

Back to list

;