s

आबुधाबी डायलगमा सहभागी हुन यूएइ गए मन्त्री विष्ट

Year of Publication: 16 October 2019 | Setopati

Published by: CESLAM

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आज बिहान श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा सहभागी हुन यूएइ प्रस्थान गरेका छन्। आगामी बुधवार र बिहीबार यूएइमा हुन लागेको पाँचौ मन्त्री स्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीसहित मन्त्री बिष्ट यूएइ गएका हुन्। यसपटकको छलफल श्रमिक आपूर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुनेछ। त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ।

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय श्रम संगठनले तोकेको मापदण्डमा पुर्णरुपमा कार्यान्वयन गराउनु, श्रमिकको हक, हित र सामाजिक सुरक्षाको बारेमा कुरा उठाउनु मुख्य उद्देश्य हुनेछ। नेपाल हाल श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्बो प्रोसेसको अध्यक्ष राष्ट्र भएको नाताले नेपालको उपस्थिति खास रहनेछ। डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, बंगलादेश र भियतनाम सहभागि हुँदैछन्। त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन्। टोलीमा मन्धी सहित मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना पनि रहेका छन्।

Published on: 16 October 2019 | Setopati

Link

Back to list

;