s

अब वैदेशिक रोजगारमा लाइसेन्स अनिवार्य

Year of Publication: 8 November 2019 | Annapurna Post 

Published by: CESLAM

वैदेशिक रोजगारीमा सवारी चालक पदमा जाने कामदारलाई नेपालको सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनिवार्य चाहिने भएको छ।

श्रम कार्यालय ताहाचलका अनुसार सवारी चालकका रूपमा जाने श्रमिकले नयाँ श्रम स्वीकृति लिँदा, श्रम स्वीकृति नविकरण गर्दा वा वैधानिकीकरण गर्दा अनिवार्य लाइसेन्स देखाउनुपर्ने व्यवस्था गरिएको छ।

नेपालमा लिएको वा विदेशमा लिएको जुन लाइसेन्स भए पनि अनिवार्य पेस गर्नुपर्ने प्रावधान ल्याइएको ताहाचाल कार्यालयले जनाएको छ। गन्तव्य मुलुकमा सवारीचालक पेसालाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्तो व्यवस्था गरिएको श्रम कार्यालय ताहाचलले जनाएको छ।

नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारका भिसा, कम्पनीसँग भएको सम्झौतापत्र (करारपत्र) तथा नेपालस्थित वैदेशिक रोजगार विभागअन्तर्गतका कार्यालयबाट जारी हुने श्रम स्वीकृतिसम्बन्धी विवरणमा पेसालगायत विवरणमा एकरूपता हुन आवश्यक हुने कार्यालयले जनाएको छ। तर हाल नेपालमा विदामा आए कतिपय कामदारको भिसा, करारपत्र तथा श्रम स्वीकृतिसम्बन्धी कागजातमा उल्लेखित विवरण फरक पर्न गई पुनः श्रम स्वीकृति दिने प्रक्रियामा कानुनी तथा व्यावहारिक कठिनाइ उत्पन्न भएको उनीहरूको भनाइ छ।

कतिपय कामदार सम्बन्धित कम्पनीमा अन्य पेसामा काम गर्ने तर भिसामा भने ड्राइभर, अपरेटरजस्ता खास सीप आवश्यक पर्ने प्राविधिक पेसा उल्लेख भएबाट कामदारको प्राविधिक दक्षता तथा सीप प्रमाणीकरण गर्ने कागजातको अभावमा पुनः श्रम स्वीकृति दिन असम्भव देखिने विज्ञप्तिमा उल्लेख छ। विदेशमा कार्यरत नेपाली कामदारको पेसालगायत भिसा र करारपत्रमा उल्लेखित विवरण फरक भएको अवस्थामा उनीहरू सोही देशमा पुनः श्रम स्वीकृति लिई फर्किने भए विदामा नेपाल आउनुअघि आफ्नो कामको सीपसम्बन्धी प्रमाणपत्र लिनुपर्नेछ। विदामा आउने कामदारको भिसामा कामको प्रकृति फरक नपर्ने गरी भिसा जारी गर्ने व्यवस्थाका लागि सबै निकायमा समन्वयको व्यवस्था गर्न भनिएको छ। गैरआवासीय नेपाली समुदायका संघ संस्थामार्फत नेपालीमा उक्त विषयको सम्प्रेषण हुने व्यवस्थाका लागिसमेत विभागले निर्णय गरेको हो।

Published on: 8 November 2019 | Annapurna Post 

Link

Back to list

;