s

आप्रवासी कामदारको सम्मेलन कात्तिकमा

Year of Publication: 26 September 2019 | Kantipur

Published by: CESLAM

राष्ट्रिय मानव अधिकार आयोगले ३२ देशको सहभागितामा आप्रवासी कामदारको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ  । आगामी कात्तिक २६ देखि हुने तीनदिने सम्मेलनमा कामदारको स्वच्छ एवं जिम्मेवार भर्ना प्रक्रिया, अनियमित प्रवासन, मानव बेचबिखन, महिला कामदारको सुरक्षा, आप्रवासी कामदारको व्यवस्थापन, मानव अधिकारको जवाफदेहिता र न्यायमा पहुँचलगायत विषयमा केन्द्रित हुने आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले सुरक्षित आप्रवासन छ कि छैन, हक पाएका छन् कि छैनन्, न्यायमा पहुँच छ कि छैन भनेर सम्मेलन गर्न लागेको बताए।सम्मेलनमा दक्षिण एसिया, एसिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रमा मानव अधिकार संस्थाका प्रमुख, आयुक्त, गन्तव्य मुलुकका सरकारी प्रतिनिधि, प्रवासन क्षेत्रका विज्ञ, गैरसरकारी संस्थाका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्व सञ्जालका प्रमुख सहभागी हुनेछन् ।

नेपालबाट परराष्ट्र, श्रम मन्त्रालय, राष्ट्रसंघीय निकाय, विकास साझेदार, ट्रेड युनियन, विषयगत विज्ञ र गैरसरकारी संस्थामा प्रतिनिधि सहभागी हुनेछन् ।

Published on: 26 September 2019 | Kantipur

Back to list

;