s

आप्रवासी हटाउने कडा नीति सार्वजनिक

Year of Publication: 23 February 2017 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति सार्वजनिक भएको छ। मंगलबार जारी गरिएको नयाँ नीति अमेरिकामा पछिल्ला केही दशक यताकै सबैभन्दा कडा आप्रवासी नीति भएको बताइएको छ।

उक्त नीतिअन्तर्गत अमेरिकामा रहेका १ करोड १० लाख आप्रवासीमध्ये अधिकांश गैरकानूनी ढंगले बसिरहेका आप्रवासी गिरफ्तारीमा पर्न सक्ने बिबिसीले जनाएको छ।

अमेरिकामा आप्रवासन सम्बन्धी हेर्ने सर्वाेच्च निकाय 'डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटी' ले मंगलबार जारी गरेको नीतिअनुसार संघीय सरकारले लाखौं कागजातविहीन आप्रवासीहरुलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियानलाई द्रुतरुप अगाडी बढाउने छ।

त्यसका लागि दशहजार अध्यागमन कर्मचारी नियुक्त गर्न लागेको पनि बताइएको छ। छिमेकी देशबाट अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि अमेरिकी सीमा नाकामा गस्ती गर्नका लागि थप पाँच हजार जनशक्ति नियुक्त गर्न लागिएको पनि बताइएको छ।

ट्रम्प प्रशासनले जारी गरेको उक्त नीतिले अपराधमा संलग्न भएका आप्रवासीलाई प्राथमिक सूचीमा राखेतापनि प्रशासनले अमेरिकाबाट उनीहरुकै देश फर्काइनुपर्ने आप्रवासीहरुको दायरा विस्तार गर्ने समेत निर्णय गरेको छ।

ट्रम्प प्रशासनको आक्रमक नीतिले अवैधानिक रुपमा अमेरिका बस्दै आएका सम्पूर्ण आप्रवासीलाई समस्या पर्नसक्ने बताइएको छ। नयाँ नीतिले कागजातविहीन आप्रवासीबाट हुने अपराधलाई रोकथाम गर्ने, संघीय एंव स्थानीय सुरक्षाकर्मीको सक्रियतालाई अत्याधिक रुपमा बढाउने, छापा मार्ने र देश निकालाको गतिलाई बढाउनेमा केन्द्रित हुनेछ।

यसअघि ओबामा प्रशासनले गम्भिर प्रकृतिका अपराधमा संलग्न, सामाजिक सुरक्षामा खतरा पैदा गर्न सक्ने एंव अवैधानिकरुपमा अमेरिका पसेकालाई देश निकाला गर्ने नीतिलाई कार्यान्वयन गर्दै आएको थियो। तर ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीको हकमा 'अपराध'को परिभाषालाई समेत बदलेको छ।

नयाँ निर्देशिकाले आप्रवासी सम्बन्धी कानूनमा फेरबदल नगरेतापनि अहिले भएको व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिएको छ। पछिल्लो नियम अनुसार ट्राफिक नियमको उल्लंघन वा कुनै बिक्री केन्द्रमा राखिएका सामाग्री चोरी गर्ने, कागजात नभएका, अरुको 'सोसल सेक्युरिटी' नम्बर प्रयोग गरेर रोजगारी लिनेलाई पनि गम्भिर अपराधमा संलग्न भएकालाई जसरी नै अभियोग लगाइनेछ।

कुनैरुपमा 'सोसल वेलफेयर' बाट फाइदा लिएका कागजातविहीन आप्रवासी पनि नयाँ नीतिबाट प्रभावित बन्नेछन्।

यसअघि सिमानाबाट छिरेका आप्रवासीलाई अमेरिका प्रवेश गरेको १४ दिन ननाघेको एंव सिमानाको एक सय माइलभित्र रहेको अवस्थामात्र सिमाना सुरक्षा दस्ताले देश निकालाको प्रक्रियामा राख्न सक्ने नियम थियो। तर अहिले अमेरिका छिरेको दुई बर्ष भित्र पनि कागजातविहीनलाई पक्राउ गर्ने र देश निकालाको प्रक्रियामा राख्ने नीति सार्वजनिक गरेको छ। यसअघि पक्राउ परेपछि अदालती प्रक्रियामा जान सकिन्थ्यो तर अब त्यो अधिकारलाई समेत बन्द गरिनेछ।

सिमानाबाट प्रवेश गर्नेको हकमा समेत अब पक्राउ परेपछि, तुरुन्तै जताबाट प्रवेश गरेको त्यतै तर्फ फर्काउने नीति ट्रम्प प्रशासनको हुनेछ। यसअघि सिमानाबाट प्रवेश गर्नेहरु पक्राउ परेपनि, धरौटी तिरेपछि बन्दी गृहबाट रिहा हुँदै अवैधानिकरुपमा भएपनि अमेरिकी श्रम बजारमा काम गर्दै आएका थिए। त्यसैगरि कुनैरुपमा 'सोसल वेलफेयर' बाट फाइदा लिन पुगेका कागजात विहीन आप्रवासीहरु पनि नयाँ नीतिबाट प्रभावित बन्नेछन्। चुनावी अभियानमा ट्रम्पले कागजातविहीन आप्रवासीलाई उनीहरुकै देशमा फिर्ता गर्ने बताउँदै आएका थिए।

अवैधानिकरुपमा बसोबास गर्दै आएका लाखौं आप्रवासीको हकमा ट्रम्पको रिपब्लिकन पार्टी पनि कडा रहँदै आएको छ। मकाकु गैर आदिवासी  प्रजातीको बाँदर भएको र त्यो जातलाई जापानमा प्रतिबन्ध लगाइएको बताइएको छ।  एक स्थानीय अधिकारीले घरेलु वातावरणको संरक्षणका लागि मार्नै पर्ने भएको बताएका छन्।

चिडियाखाना संचालकहरुले मारिएको बाँदरको सम्झनामा नजिकैको बुद्ध मन्दिरमा एक  मेमोरियल सर्भिस आयोजना गरेका थिए। जापानिज मकाकु जातको बाँदर जापानमा एक मुख्य पर्यटक आकर्षण भएको बताइएको छ।

Published on: 23 February 2017 | Nagarik

Back to list

;