s

फिलिपिन्स विमान दुर्घटनामा बैतडीका युवक बेपत्ता

Year of Publication: 21 August 2012 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

फिलिपिन्समा विमान दुर्घट्नामा परी हराइरहेका नेपाली कोपाइलट क्षितिज चन्दका गाउँले सुखद समाचारको पर्खाइमा छन्। बैतडीको पाटन-४ पुख्यौली घर भएका चन्द शनिबार साँझ फिलिपिन्समा विमान दुर्घट्नामा परेका थिए।

चन्द विमानका कोपाइलट थिए। फिलिपिन्सका गृहमन्त्री चढेको उक्त विमान दुर्घट्ना भई समुद्रमा खसेपछि त्यसमा सवार एक जनालाई माझीहरुले जीवितै उद्धार गरेका थिए।
 
कोपाइलट चन्द जीवितै भएको खबर पाउन उनका गाउँले आतुर छन्। 'हामी सबैजना सुखद समाचारको पखाईमा छौं' पाटनबाट फोनमा कुरा गर्दै चन्दका दाजु किसनबहादुर चन्दले भने, 'जीवितै फेला परुन् भन्दै भगवानसँग प्रार्थना गरिरहेका छौं।'
 
पुर्ख्यौली घर पाटन भए पनि २५/२६ वर्षदेखि क्षितिजको परिवार राजधानीको तिनकुनेमा बस्दै आएको थियो। 'बसाई सरेको धेरै वर्ष बितेपनि बा-आमा समय-समयमा गाउँ आउने गर्थे' किसनले भने, 'क्षितिज पाइलट बनेदेखि पूरै गाउँमा खुशीयाली छाएको थियो।' उनले १०/१० मिनेटको फरकमा राजधानीमा आफन्तजनलाई फोन सम्पर्क गरिरहेको बताए।
 
उनीसँगै रहेका एक जनाको जीवितै उद्धार भएपछि क्षितिजका गाउँले उनी जीवितै हुने आश गरेका हुन्। किसनका अनुसार क्षितिजका बुबा टेकबहादुर चन्द आइतवार नै फिलिपिन्सतर्फ उडेका छन्। क्षितिजका वुवा नेपाली सेनाका अवकाप्राप्त लेफ्टिनेन्ट कर्णेल हुन्।
क्षितिज कोपाइलट रहेको विमानमा फिलिपिन्सका गृहमन्त्री जेस रोब्रेडो र विमान चालक जेस्सुप बाहिन्टिङ सवार थिए। चन्द सेबुस्थित बाहिन्टिङको स्वामित्वमा रहेको एभिएटर एभिएसन स्कुलमा उड्डयनका विद्यार्थी थिए।
 
Published on: 21 August 2012 | Nagarik

Back to list

;