s

अमेरिका लैजाने भन्दै करोडौँ ठग्ने प्रहरी फन्दामा

Year of Publication:  31 October 2012 | Nagarik

Publication Type: NEWS

Published by: CESLAM

अमेरिका लैजाने भन्दै करोडौँ रूपैयाँ ठगी गरेर फरार रहेका प्रहरीको सर्वाधिक खोजीमा रहेका गुल्मीका विजय भण्डारी सदरमुकाम तम्घासमा पक्राउ परेका छन्।

आफू नेपालको प्रसिद्ध गुरु स्वामी श्रीविष्णु प्रपन्नाचार्यजी महाराज रहेको र अमेरिकामा हुने धार्मिक कार्यक्रममा लैजाने भन्दै भारतमा रहेका नेपाली विद्यार्थीबाट उनी करोडौँ रूपैयाँ ठगी गरेपछि फरार थिए।

उनले नेपाली विद्यार्थीलाई अमेरिका जान रु पाँच लाख खर्च लाग्ने र रु एकलाख पेस्की भन्दै करिब रु पाँच करोड ठगी गरेका थिए। गुल्मीको धुर्कोटवस्तु गाविस-१ निवासी भण्डारीलाई सदरमुकाम तम्घासबाट वैदेशिक रोजगार विभागको पक्राउ पुर्जीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

Published on: 31 October 2012 | Nagarik

Back to list

;