s

५० लाख धरौटी बुझाउन नसकेपछि मेरिडियन मेडिकलका संचालक थुनामा

Year of Publication: 1 June 2018 | Kantipur

Publication Type: NEWS

Published by: होम कार्की

होम कार्की

जिल्ला अदालतले माग गरेको ५० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि मेरिडियन मेडिकल सञ्चालक देवन राईलाई पुर्पक्षका लागि थुनामा राख्न बिहीबार आदेश भएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल अन्तर्गत स्वास्थ्य परिक्षण गर्ने ३९ स्वास्थ्य परिक्षणविरुद्ध सरकारले ठगी गरेको अभियोगमा मुद्दा दयार गरिएको हो ।

मेरिडियन सञ्चालकविरुद्ध प्रहरीले २ करोड १२ लाख रुपैयाँ बिगो माग दाबी गरी अदालतमा पेश गरेको थियो। प्रहरीले शुक्रबार थप ५ स्वास्थ्य संस्थाविरुद्ध अदालतमा फाइल पेश गर्दैछ।
 
श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने कार्यमा एकाधिकार गरेको भन्दै खारेज गरेको थियो। प्रहरीले ३९ स्वास्थ्य व्यवसायीलाई पक्राउ गरी छानबिन गरिरहेको छ।
 
Published on: 1 June 2018 | Kantipur

Back to list

;