s

२८८ जना नेपाली इजरायलबाट फर्किन चाहन्छन् नेपाल

Year of Publication: 12 October 2023 | Setopati

Published by: CESLAM

इजरायलमा रहेका नेपालीमध्ये २८८ जना नेपाल फर्किन चाहेका छन्।

सरकारले सुरूआत गरेको अनलाइन रजिष्ट्रेसन फारम ३ सय ५० जनाले भरेको र तीमध्ये २८८ जान फर्किन चाहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

उनका अनुसार नेपाल फर्किन चाहेकामध्ये विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राखेर फर्काउने बताइन्।

उनीहरूलाई लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी विमान आज राति ११ बजे इजरायल जाँदैछ।

वाइडबडी विमानको क्षमता २५० जनाको छ। लम्सालका अनुसार अहिले इजरायलमा ४ हजारभन्दा बढी नेपाली छन्।

लम्सालले इजरायलको नेपाली दूतावासमा जम्मा तीन जनाको मिसन रहेको र तीन जनाले नै तीनतिरको बंकरमा बसेर काम गरिरहेको बताइन्।

‘अहिले राजदूतहरूले पनि बंकरबाट काम गरिरहनुभएको छ,’ लम्सालले भनिन्,‘जनशक्ति कम छ, हामीले सकेको काम गरेका छौं।’

Published on: 12 October 2023 | Setopati

Link

Back to list

;