s

२०२२ को विश्वकप सुरक्षामा नेपाली लान कतार तयार

Year of Publication: 17 July 2018 | Annapurna Post

Publication Type: NEWS

Published by: CESLAM

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली सुरक्षागार्ड लान कतार तयार देखिएको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँगको भेटमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मदले यस्तो संकेत गरेका हुन्। 
 
भेटमा गृहमन्त्री थापाले सुरक्षा र अन्य क्षेत्रमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका छन्। राजदूत मोहम्मदले नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणको निम्तो दिएका छन्। भेटमा राजदूत मोहम्दले २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न गइरहेको र विश्वकपको सुरक्षाका लागि ठूलो संख्यामा नेपाली लान कतार इच्छुक भएको बताए। उनले त्यसक लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको धारणा राखेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनकारी दिए।
 
गृहमन्त्रालयमा भएको भेटमा नेपाल-कतार द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको छ। भेटमा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग चासो राखेका थिए। 
 
Published on: 17 July 2018 | Annapurna Post

Back to list

;