s

१ महिना भित्र ओमानससँग श्रम सम्झौता हुने

Year of Publication: 5 May 2019 | Setopati

Publication Type: NEWS

Published by: CESLAM

गत शुक्रवार नेपाल र ओमानबीच श्रम समझदारीको मस्यौदामा सहमति जुटेको छ। हाल यी दुई देशबीच श्रम समझदारीको अन्तिम तयारी भइरहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप–सचिव दिपक ढकालका अनुसार अब कुटनीतिक माध्यमबाट पत्र आदान प्रदान गरेर बाकीँ काम अगाडि बढ्नेछ।
 
विदा, तलब, मेडिकल लगायत श्रमिकलाई हित हुने अन्य धेरै बुंदाहरु मस्यौदामा उल्लेख भएको उप–सचिव ढकालले जानकारी दिए। ‘श्रमिकको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने, विदा, तलब, मेडिकल लगायतका बिषयमा सहमति जुटेको छ। यी विषयहरुमा ओमन समेत उत्सुक रहेकोले ढिलोमा १ महिना भित्र श्रम सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ।’ उनले भने।
 
हाल ओमनमा जम्मा २० हजार मात्र नेपाली कामदार रहेको मन्त्रालयको आकलन छ। त्यस्तै भारतका ४ लाख ५० हजार र बंगलादेशका ४ लाख कामदारले ओमनमा रोजगारी गरिरहेका छन्। ओमनमा रोजगारीको राम्रो सम्भावना भएपनि मार्केटिङको अभावमा नेपाली कामदार तुलनात्मक रुपमा कम रहेको जानकारहरु बताउँछन्।
 
ओमनमा रहेका ९० प्रतिशत धेरै नेपाली कामदार ‘क्लिनिङ’ क्षेत्रमा र अन्य हस्पिटालिटी, लेबर लगायतका क्षेत्रमा रहेको मन्त्रालयले जनाएको छ। ओमनमा सामान्य मजदुरले ३० देखि ५० हजार नेपाली रुपैयाँ सम्म कमाउन सक्ने अवस्था रहेको बताइएको छ। 
 
ओमनसगँ श्रम सम्झौता कहाँ हुने विषय भने टुङ्गो नलागेको ढकालले जानकारी दिए।ओमनले कुनै अन्तर्राष्ट्रिय फोरममा दुई देशका विभागीय मन्त्री भेट हुँदा हस्ताक्षर गर्ने मनसाय देखाएको मन्त्रालयका एक कर्मचारीले सेतोपाटीलाई जानकारी दिए।
 
Published on: 5 May 2019 | Setopati

Back to list

;