चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमति: आन्दोलन फिर्ता

रविन भट्टराई

बिर्तामोड : ४५ दिनदेखि आन्दोलनमा रहेका चिया मजदुरले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन्। सोमबार साँझ नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमतीपछि मजदुरले आन्दोलन फिर्ता लिएका हुन्। तीन बुँदे सहमतिमा सरकारले तोकेको श्रम ऐन '२०७४' अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागु गरे अनुसारको तलब भुत्तान गर्ने र आन्दोलन अवधिभरको ज्याला ३० प्रतिशत दिने सहित मंगलबारदेखि उद्योग खोल्ने सहमति भएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले जानकारी दिए। सहमति पत्रमा उद्योगीको तर्फबाट नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगी चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटालगायतले हस्ताक्षर गरेका छन्।  झापामा साना किसानसहित २८ वटा चिया उद्योग रहेको छ। ती उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्। ४५ दिनको आन्दोलनले चिया मजदुर र उद्योगी दुवै मारमा परेका थिए।जसले गर्दा करोड बढीको हरियो चियापत्ती नष्ट भएको छ भने २० करोड बढीको तयारी चिया उत्पादन हुने सकेको थिएन।

Published: 14 May 2019/Annapurna Post

NEWS SEARCH

eskişehir escort konya escort
izmir escort bayanlar