विदेशमा ज्यान गुमाएकाको परिवारलाई रु तीन लाख

बालिङ, स्याङ्जा, असार २६ गते । रोजगारीको सिलसिलामा दक्षिण अफ्रिकामा ज्यान गुमाएका युवाको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
 
तीन महिनाअघि दक्षिण अफ्रिकामा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका वालिङ–९, भुम्रेका २७ वर्षीय महेश श्रेष्ठको परिवारलाई सोमबार वालिङमा रु दुई लाख ८१ हजार ६०६ प्रदान गरिएको हो ।
 
दक्षिण अफ्रिकामा पुलिस विभागमा कार्यरत रामप्रसाद पन्तको पहलमा सोही देशमा कार्यरत नेपालीबाट संकलन गरिएको रकम मृतकमा पिता भीमप्रसाद प्रधानलाई हस्तान्तरण गरिएको हो ।
 
“२७ वर्षको अल्पायुमै विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई परेको दुःखमा सान्त्वना दिनका लागि सानो सहयोग संकलन गरी हस्तान्तरण गरेका छौं” पहलकर्ता पन्तले भन्नुभयो, “यो रकमले ५ वर्षीया छोरीको शिक्षा दिक्षामा केही सहयोग हुने विश्वास लिएको छु ।” झण्डै तीन महिनाअघि विदेशी भूमिमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याई पु¥याउन तीन साता लागेको थियो । (रासस)
 
Published: 11 July 2018/ Gorkhapatra

NEWS SEARCH