s
१३ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–९ का वडाअध्यक्ष डा. अख्तर अन्सारीले मजदुरलाई खाद्यान्न वितरण गर्ने भएका छन् ।
लक डाउनको तेस्रो दिन वडाको घर घरमा पुगेर कोरोना भाइरसको बारेमा जानकारी दिँदै उनले राहत प्याकेजको घोषणा गरेका हुन् ।
लकडाउनको पालना गरी घर बसेका वडाका दैनिक ज्यालादारी गरी खाने मजदुरका लागि दुई दिनभित्र ५ किलो चामल, ५ किलो आलु र १ किलो प्याज वितरण गर्ने अन्सारीले जानकारी दिए ।
बिहीबार वडामा साबुन, मास्क वितरण गर्नुको साथै साबुन पानीले हात धुन सिकाइएको वडा अध्यक्ष अन्सारीले बताए ।
वडामा कार्यरत स्वास्थ्यकर्मीसहितको टोलीले अति आवश्यक कामबाहेकका समयमा घर बाहिर ननिस्कन, घरमा बस्दा पनि ३ फिटको दूरीमा बस्न, ज्वरो रुघाखोकी लागेमा वा सास लिन अप्ठेरो भएमा अस्पतालमा गएर जाँच गराउन, सफा र सचेत रही आफू संक्रमणबाट बच्न र अरुलाई पनि बचाउन वडाबासीलाई आग्रह गरेको थियो ।
Published on: 26 March 2020 | Onlinekhabar
GET IN TOUCH