s
सरकारले श्रम समझदारी (एमओयू)को मस्यौदा टुंगो लगाउन पठाएको प्राविधिक टोलीले बुधाबार युएईको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गर्दैछ ।
ओमानको छलफलपछि प्राविधिक टोली मंगलवार युएई आइपुगेको र आज (बुधबार) यहाँ छलफल सुरु गर्ने नेपाली दूतावास युएईले जनाएको छ।
छलफलमा सहभागी प्राविधिक टोलीले आफ्ना कामदारको सेवासुविधा, सुरक्षा र शून्य लागतमा कामदार लैजाने कुरा स्पष्ट ढंगले राख्ने जनाइएको छ ।
यसअघि युएईले पठाएको मस्यौदामा समावेश नभएका कतिपय एजेन्डामा समेत टोलीले आफ्नो धारणा राख्ने छ ।
एकआपसमा दुविधा भएका विषयमा दुवैपक्षबीच छलफल हुने र उक्त छलफलका आधारमा सम्झौताको अन्तिम खाका तय हुनेछ ।
प्रस्तावमा सहमति भएका विषयलाई दुवैपक्षले मन्त्रीस्तरमा जानकारी गराउनेछन् । मन्त्रीस्तरको छलफलपछि मात्र सम्झौतामा हस्ताक्षर गरिने कार्यवहाक राजदुत सागरप्रसाद फुयाँलले अनलाइनखबरलाई बताए ।
प्राविधिक टोलीले सुरु गर्याे ओमानसँगको श्रम सम्झौताको मस्यौदामा छलफल
सरकारले श्रम समझदारीको मस्यौदा टुंगो लगाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली पठाएको थियो ।
युएईसँगको छलफलमा नेपालबाट आएको प्राविधिक टोली र दुतावासबाट कार्यवहाक राजदुत सागरप्रसाद फुयाँल, श्रमकाउन्सुलर भेषबहादुर कार्की र श्रम सहचारी मोतीराम भुषालले सहभागिता जनाउने छन् ।
युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएको थियो । अब त्यसलाई परिमार्जित गर्दै थप प्रभावकारी बनाउन जोड दिइने जनाएको छ ।
युएईमा हाल करिब २ लाख ५० हजार नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्।
Published On: 30 January 2019 | Online khabar
GET IN TOUCH