s

सुरक्षा प्रवन्ध सुरक्षित भएपछि मात्र यात्रा गर्न बंगलादेशमा रहेका नेपालीलाई दूतावासको अपिल

ढाकास्थित नेपाली दूतावासले बंगलादेशमा रहेका सबै नेपालीलाई घरभित्रै सुरक्षित रुपमा रहन अपिल जारी गरेको छ ।

आरक्षणसम्बन्धी जारी प्रदर्शन हिंसात्मक बनेको र अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको अवस्थामा बाहिर निस्कन उपयुक्त नहुने भन्दै दूतावासले आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन भनेको हो ।

बंगलादेशमा अझै करिब ४ सय विद्यार्थी रहेको जानकारी दिँदै दूतावासले विद्यार्थीसहित सबै नेपाली सुरक्षित रहेको बताएको छ ।

उसले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र उनीहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ ।'

ढाकास्थित नेपाली दूतावासले सुरक्षित भएपछि मात्र यात्रा गर्न भनेको छ । नेपाल फर्कन चाहाने विद्यार्थीसहित सबै नेपालीलाई दूतावाससँग समन्वय गरेर सुरक्षा प्रवन्ध सुरक्षित भएपछि मात्र यात्रा गर्न अपिल गरेको हो ।

बंगलादेशमा पछिल्लो समय प्रदर्शनले हिंसात्मकरुप लिएको छ । त्यहाँ एकै दिन आइतबार ९० जनाको मृत्यु भएको र कयौं घाइते भएको समाचारहरु छन् ।

Published on: 6 August 2024 | Nagarik

 

Link

Back to list

;