s

श्रमाधान रोजगार मेलामा ८५ लाख रुपैयाँ खर्च

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलाई एकै ठाउँमा भेट गराउने भन्दै सातै प्रदेशमा आयोजित श्रमाधान रोजगार मेलामा ८५ लाख रुपैयाँँ खर्च भएको छ । जसमा सबैभन्दा बढी वैदेशिक रोजगार कल्याणकारी कोषबाट ४९ लाख रुपैयाँ खर्च भएको छ ।

श्रम मन्त्रालयद्धारा आइतबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार श्रमाधान रोजगार मेलाको लागि प्रदेश र स्थानीय पालिका सहितको योगदान रहने गरी ९३ लाख रुपैयाँ छुट्टाइएको थियो ।

श्रम मन्त्री डोलप्रसाद अर्यालले मेलामा १७ हजार ९ सय २१ जनाले रोजगारीको लागि आवेदन दिएको बताए । जसमध्ये रोजगारदाताले १४ हजार ७ सय ८८ जनालाई रोजगार दिने प्रतिबद्धता जनाएका छन् ।

‘जुन रोजगारदाताले रोजगार दिने प्रतिबद्धता जनाएका छन् । त्यो पुरा गरे–नगरेको हामी अनुगमन गर्नेछौं’, मन्त्री अर्यालले भने । मेलामा सरकारी, गैरसरकारी र निजी क्षेत्र सहितका ३२२ वटा स्टल राखिएको प्रवक्ता रिजालले बताए ।

मन्त्रालयले गत जेठ १७ गते ३० गतेसम्म सातवटै प्रदेशमा श्रमाधान रोजगार मेलाको आयोजना गरेको थियो ।

Published on: 1 July 2024 | Kantipur

Link

Back to list

;