s
कान्तिपुर संवाददाता
काठमाडौँ — साउदी अरबमा कोरोना भाइरसबाट संक्रमित भएका ३ नेपालीलाई निको भएको छ ।
रियादस्थित नेपाली दूतावासका अनुसार सफल स्वास्थ्य उपचार पछि बुधबार क्याम्पमा फर्केका छन् । एकजनाको अवस्था भने सुधारोन्मुख छ ।
दूतावासका अनुसार साउदीमा बुधबार थप १३७ जनालाई पोजेटिभ देखिएको छ । साउदीमा संक्रमितको संख्या २९ सय ३२ पुगेको छ । हालसम्म ६३१ जनालाई निको भएको छ ।
साउदीले कोरोना नियन्त्रणको प्रयासमा सबैको सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमितको संख्या घट्ने उल्लेख गर्दै कोरोनाको नियन्त्रणमा सबै पक्ष जिम्मेवार रहन अनुरोध गरेको छ ।
Published on: 8 April 2020 | Kantipur
GET IN TOUCH