s
साउदी अरबमा नेपाली कामदारको तलब बढेको छ । साउदीमा काम गर्न जाने कामदारका लागि सरकारले न्यूनतम ज्याला एक हजार र खाना भत्ता तीन सय रुपैयाँ बनाएको छ । ६ वर्षअघि सरकारले साउदीका लागि न्यूनतम पारि श्रमिक निर्धारण गरेको थियो ।
सरकारको उक्त निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित हुनेछन् । यस अघि आठ सय न्यूनतम ज्याला र खाना भत्ता दुई सय थियो । अब साउदी जाने लेबर, क्लिनर, हेल्पर, स्विपर, अफिस व्याय, वाचमेनले १३ सय रियाल पाउनेछन् । उनीहरुको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।
राजपत्रमा प्रकाशित भएपश्चात बढेको तलबमा मात्रै साउदीका लागि मागपत्र प्रमाणिकरण हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टको सचिवालयले जनाएको छ । साउदीमा अब १३ सयदेखि अधिकतम ज्याला ११ हजार रियाल र खानाभत्ता पाँच सय रियाल पाउनेछन् ।
मन्त्रालयका अनुसार अर्धदक्ष कामदारले १२ सय पारि श्रमिक र खानाभत्ता तीन सय प्राप्त गर्नेछन् । मेसन, ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, पलम्बर, मेकानिक, कुक, सेक्युरिटी म्यान, वेटर, सेल्स म्यन, इलेक्ट्रिसियनलगायतले उक्त सुविधासहित औषधोपचार, हवाई टिकटसमेत पाउनेछन् ।
बेकर्स, कुक, मेकानिकल, इलेक्ट्रोनिकलगायत दक्ष कामदारले पाँच सय खानाभत्तासहित १२ सयदेखि तीन हजार रियाल पाउनेछन् । म्यानेजर, जनरल म्यानेजर, एक्जुकेटिभ, डाक्टर, चार्टड एकाउन्टेन्टलगायत व्यावसायिक कामदारले पाँच हजार रियालदेखि ११ हजार रियालसम्म पाउने भएका छन् ।
साउदी अरेबियाका लागि नेपाली कामदारहरुको न्यूनतम पारिश्रमिक र अन्य सुबिधाको विवरण
सि. नं |
कामदारको वर्गीकरण |
कामदारको पद |
अनुभव र सीप |
न्यूनतम पारिश्रमिक (साउदी अरब रियाल) |
खाना भत्ता (साउदी अरब रियाल) |
अन्य सुबिधा |
कैफियत |
१. |
अदक्ष (Unskilled) |
लेवर, क्लिनर, हेल्पर, स्विपर, अफिस ब्वाय, वाचमेन |
अदक्ष |
१०००(एक हजार) |
३००(तीन सय) |
औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने |
|
२. |
अर्ध-दक्ष (Semi-Skilled) |
मेशन,ब्लक मेकर, प्लास्टरमेन, कार्पेन्टर, मेकानिकल हेल्पर, इलेक्ट्रीकल हेल्पर, स्टिल फिक्स्चर,टायल फिक्स्चर, प्लम्बर, पाइप फिटर, वेल्डर, स्काफोल्डर, ए.सी. मेकानिक, लउन्ड्री म्यान, वासर मेन, शप एसिष्टेन्ट |
तालिम प्राप्त |
१,२०० (बाह्र सय) |
३००(तीन सय) |
औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने
|
|
दुई वर्षको कार्य अनुभव |
१,३००(तेह्र सय) |
||||||
चार वर्षको कार्य अनुभव |
१,४००(चौध सय) |
||||||
पाँच वर्षको कार्य अनुभव वा आधारभूत दक्ष तह (Skill level 1) |
१,५००(पन्ध्र सय) |
||||||
सेक्युरिटी म्यान, वेटर, अस्सिटेन्ट कुक, सेल्स मेन, इलेक्ट्रीसियन |
तालिम प्राप्त |
१,२०० (बाह्र सय) |
३००(तीन सय) |
||||
दुई वर्षको कार्य अनुभव |
१,३००(तेह्र सय) |
||||||
चार वर्षको कार्य अनुभव |
१,४०० (चौध सय) |
||||||
पाँच वर्षको कार्य अनुभव |
१,५०० (पन्ध्र सय) |
||||||
लाइट ड्राइभर |
तालिम प्राप्त |
१,३०० (तेह्र सय) |
३००(तीन सय) |
||||
दुई वर्षको कार्य अनुभव |
१,४००(चौध सय) |
||||||
चार वर्षको कार्य अनुभव |
१,५०० (पन्ध्र सय) |
||||||
पाँच वर्षको कार्य अनुभव |
१,६०० (सोह्र सय) |
||||||
हेभी ड्राइभर |
तालिम प्राप्त |
१,५०० (पन्ध्र सय) |
३००(तीन सय) |
प्रत्येक यात्राको यात्रा भत्ता अनिबार्य उपलब्ध गराउनु पर्ने |
|||
दुई वर्षको कार्य अनुभव |
१,८०० (अठार सय) |
||||||
चार वर्षको कार्य अनुभव |
१,९०० (उन्नाईस सय) |
||||||
पाँच वर्षको अनुभव |
२,२००(बाईस सय) |
||||||
प्लान्ट अपेरटर, कन्स्ट्रक्सन सुपरभाइजर |
आधारभूत तह (At least level 1) |
२,००० (दुई हजार) |
३००(तीन सय) |
|
|||
फोरम्यान |
आधारभूत तह (At least level 1) |
२,२०० (बाईस सय) |
३००(तीन सय) |
||||
कन्स्ट्रक्सन इक्युपमेन्ट अपरेटर, स्काफोल्डिंग सुपरभाइजर, ड्राउटसम्यान |
आधारभूत तह (At least level 1) |
२,५०० (पच्चिस सय) |
३००(तीन सय) |
||||
३. |
दक्ष (Skilled ) |
बेकर्स |
आधारभूत तह (At least level 1) |
१,२०० (बाह्र सय) |
५०० (पाँचसय)
|
औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने |
|
कुक |
आधारभूत तह (At least level 1) |
१,४०० (चौध सय) |
|||||
फ्रन्ट अफिस |
आधारभूत तह (At least level 1) |
१,५०० (पन्ध्र सय) |
|||||
एडमिनिसट्रेटिभ असिस्टेन्ट |
आधारभूत तह (At least level 1) |
१,८०० (अठार सय) |
|||||
कम्पुटर अपरेटर |
आधारभूत तह (At least level 1) |
२,०००(दुई हजार) |
|||||
फर्मासिस्ट, ल्याबरेटोरी र टेक्निसियन, मेडिकल असिस्टेन्ट |
आधारभूत तह (At least level 1) |
२,२००(बाईस सय) |
|||||
एकाउन्टेन्ट, ओभरसियर |
आधारभूत तह (At least level 1) |
२,५००(पच्चिस सय) |
|||||
नर्स |
आधारभूत तह (At least level 1) |
३,०००(तीन हजार) |
|||||
४. |
व्यावसायिक (Professional) |
एच.आर. एक्जीक्युटीभ |
विशेषज्ञ |
५,०००(पाँच हजार) |
|
औषधी उपचार, द्वितर्फी हवाई टिकट, आवास, यातायात कम्पनी/रोजगारदाताले उपलब्ध गराउने |
|
इन्जीनियर (कम्प्युटर, सेफ्टी, टेलिकम, इलेक्ट्रोनिक, मेकानिकल, इलेक्ट्रीकल र सिभिल) |
विशेषज्ञ |
५,३००(पाँच हजार तीन सय) |
|||||
म्यानेजर |
विशेषज्ञ |
५,५००(पाँच हजार पाँचसय) |
|||||
जनरल म्यानेजर |
विशेषज्ञ |
६,५००(छ हजार पाँचसय) |
|||||
डाक्टर (जनरल फिजिसियन), सर्जन, चार्टर्ड एकाउन्टेन्ट |
विशेषज्ञ |
११,०००(एघार हजार) |
GET IN TOUCH