s

साउदीमा ४६ नेपाली अलपत्र

साउदी अरेबियामा ५ महिनादेखि अलपत्र परेका ४६ जना नेपाली कामदारको उद्धार हुन सकेको छैन । साउदीको रियादस्थित साउदी फिउल कम्पनी खराब सूचीमा परेपछि ती कामदारको बिचल्ली भएको हो । कम्पनीले ती कामदारको हैसियत गैरकानुनी बनाइदिएपछि नेपाली दूतावासलाई समेत उद्धार गर्न निकै समस्या परेको छ । 

'उहाँहरूलाई छिटोभन्दा छिटो उद्धार गर्न हामी लागिरहेका छौं । तर, सफलता मिलेको छैन,' रियादस्थित नेपाली दूतावासका एक अधिकारीले कान्तिपुरसित भने, 'तैपनि प्रयास जारी छं ।' 

लक्की ओभरसिज मार्फत उनीहरू दुईवर्षे करारमा साउदी गएका थिए । तर, कम्पनीले करार अवधि सकेको एक वर्ष बितिसक्दा पनि स्वदेश फिर्न नदिएपछि पीडित कामदारले गत जनवरीदेखि कामबाट राजीनामा दिई बसेका थिए । 'राजीनामा दिएपछि कामविहीन भएका छौं,' झापाका दीपक लामाले भने, 'कम्पनीलाई भन्दा जे गर्न सक्छ, त्यही गर भनेर धम्की दिन्छ ।' 

Published on: 22 July 2012 | Kantipur

Back to list

;