s

साउदीबाट झापाका क्यान्सर पीडित अनिल निरौला स्वेदश फिर्ता

साउदी : वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका झापा दुलाबारी घर भएका क्यान्सर पीडित अनिल निरौला स्वेदश फिर्ता भएका छन्। उनलाई स्वदेश फिर्ता गराउन नेपाली दूतावास तथा नेपाली जनसम्पर्क समिति साउदी अरेबियाले सहयोग गरेका छन् ।

नेपाली जनसम्पर्क समिति साउदी अरेबियाका अनुसार साउदी अरेबियाको दमाम शहरमा बस्ने ३७ वर्षीय अनिल निरौलाको सुर्ती र तमाखु खाने क्रममा उक्त सुर्तीमा स्टिच पिन मिसिएको रहेछ। राती सुत्ने बेलामा उक्त सुर्ती तमाखु मुखमा हालेर सुत्दा सुर्तिमा मिसिएको स्टिच पिनले देब्रे गालाको भित्रपट्टिबाट प्वाल पारी सानो घाउ बनाएको थियो। उक्त घाउ क्रमश: बढेर अन्त्यमा क्यान्सरको रुप लिएको हो।

साथै बिगत २ महिनादेखि उपचारको अभावमा नेपाल फर्कने प्रयासमा दमाममा नेपालीहरूको सहयोगमा बस्दै आइरहेका उनी आफू काम गर्ने कम्पनीबाट १ वर्षअघि नै भागेर अवैधानिक रूपमा बसेर काम गर्दै आएका थिए । सुरुमा उनले स्वदेश फिर्ताका लागि आग्रह गरे पनि उनको नाममा २ वटा सरकारी केश रहेकाले उनको उपचारमा र नेपाल फर्कने प्रक्रियामा धेरै नै कठिनाइ भएको थियो । उनको स्वदेश फिर्ताका लागि परिवारले समेत नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मालाई आग्रह गरेका थिए। स्वदेश फिर्तामा दूतावासले साउदीको नियम अनुसार सम्बन्धित निकायमा छलफल गरी क्यान्सर पीडित निरौलाको बहिर्गमन भिषा उपलब्ध गराएको थियो ।

पीडितले भिषा प्राप्त गरेसँगै स्वदेश फिर्ताको लागि नेपाली नेपाली जनसम्पर्क समिति साउदी अरेबियाले स्वदेश फिर्ताको लागि हवाई टिकटको व्यवस्था गरेको हो। उनी ३१ जुलाई २०२४ मा हिमालय एयरलाईन्स मार्फत नेपाल फर्किएका छन् । साथै उनलाई नेपालमा उपचारका लागि आवश्यक सहयोग गर्ने समेत बताए ।

Published on: 1 August 2024 | Annapurna Post

Link

Back to list

;