s
कान्तिपुर संवाददाता
काठमाडौँ — सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई दक्षिण कोरिया जान दिने भएको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले श्रमिकहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान सहमति दिने निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले इपिएसअन्तर्गत कोरियामा श्रमिकका रुपमा काम गर्न जानेहरुलाई दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि सहमति दिने निर्णय भएको जानकारी दिए।
Published on: 26 April 2020 | Kantipur
GET IN TOUCH