s
अरनिको र कोदारी राजमार्गभित्र काम गर्ने सडकमजदुरलाई खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरस नियन्त्रणमा लिन लकडाउन गरेपछिको अवस्थामा मजदुरहरूलाई कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले खाद्यान्न वितरण गरेका हुन् ।
देशभर लकडाउन जारी रहेको अवस्थामा सडक मजदुर भोकै नपरून्र भन्ने उद्देश्यले खाद्यान्न सहयोग गरेको बस्नेतले बताए । सडक आसपास डेरा गरी बस्ने विभिन्न जिल्लाका ५३ मजदुरलाई खाद्यान्न वितरण गरिएको थियो ।
प्रत्येकलाई १५ केजी चामल, दुई केजी दाल, तेल, नुन र साबुन वितरण गरिएको छ ।
Published on: 27 March 2020 | Nayapatrika
GET IN TOUCH