s
८ वैशाख, काठमाडौं — रेमिट्यान्सको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन सम्मको रिपोर्ट सार्वजनिक गर्दै रेमिट्यान्स वृद्धिदर घटेको जानकारी दिएको हो ।
फागुनसम्मको तथ्यांकमा रेमिट्यान्स १.८ प्रतिशतले वृद्धि भई ५ खर्ब ९२ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।
Published on: 20 April 2020 | Onlinekhabar
GET IN TOUCH