s

कतारमा नेपाली कामदारको दूरावस्था

नेपालीहरु विश्वकै धनीमध्येमा पर्नेमा कतारको राजधानी दोहामा आकर्षक गगनचुम्बी भवन तथा सुविधा सम्पन्न सपिङ महल बनाउने सहरको बाहिरी भागमा बस्छन् । उनीहरु बस्ने स्थान झोपडपट्टी जस्तै छ ।

दोहाको औद्योगिक क्षेत्रस्थित आप्रवासी कामदार शिविरका पर्खालहरुमो लुगा सिउँदै गरेको देखिन्छ । ट्यांक पाईपबाट भुईमा पोखिएको पेट्रोल र खुल्ला ढलले पुरै क्षेत्र दुगन्धित भएको छ । घरभित्रका उपकरणहरु पनि त्यस्तै छन् ।
 
शिविरमा बस्दै र्अाका नेपाली कामदार भानुले आफ्नो देशमा भन्दा केही बढी कमाउन सक्ने भएकाले यस्तो ठाउँमा बताएकाछन् ।
विश्वकप फुटबल २०२२ को आयोजनाको जिम्मेवारी पाएको कतारले भौतिक पूर्वाधार निर्माणका लागि अर्बौ रुपैयाँ डलर खर्च गरिरहेको खबर आजको नागरिक दैनिकले छापेको छ । त्यसका लागि आप्रवासी कामदारको माग पनि बढ्दो अवस्थामा रहेको छ । त्यहाँ काम गर्ने कामदारका लागि न्यूनतम ज्याला निर्धारण नगरिएका कारण काम गर्ने कामदारले आफुले कमाएको रकम स्वदेश पठाउन नसकिरहेको अवस्था रहेको छ ।
 
जागिरका बारेमा उचित जानकारी नलिई कामका लागि जाने कामदारहरुले एक किसीमको सम्झौता भएपनि काम अर्कै पर्ने भएकाले शारिरीक र मानसिक रुपमा पनि कामदारहरु पिडित रहेको काममा संलग्नहरुको भनाई छ ।
त्यहाँ काम गर्ने कामदारहरुले मालिकले ४ महिना सम्मका तलब नदिएको तथा स्वदेश र्फकनका लागि पनि पार्सपोट नदिने गरेको गुनासो गरेका छन् ।
 
Published on: 23 June 2012 | The Himalayan Times

Back to list

;