s

प्रजनन उमेरका २० लाख देश बाहिर

चेतन अधिकारी  

राष्ट्रिय जनगणना २०६८ ले अपेक्षा गरेभन्दा निकै कम जनसंख्या वृद्धिदर देखायो । अघिल्लो जनगणनामा २ दशमलव ५ प्रतिशतमा रहेको वृद्धिदर यो पल्ट झन्डै आधा अर्थात् १ दशमलव ४ मा झर्यो६ । किन यस्तो देखियो ? केन्द्रीय तथ्यांक विभागको ठहर छ- 'प्रजनन उमेर समूहका ठूलो संख्या देश बाहिर हुनु यसको मुख्य कारण हो ।'

जनगणनाअनुसार करिब २० लाख नेपाली देश बाहिर छन् । 'विभिन्न प्रक्षेपणले यो वर्षको वाषिर्क वृद्धिदर १ दशमलव ९ भन्दा कमी नहुने दाबी गरेका थिए । सुरुमा त यो नतिजाप्रति हामीलाई नै शंका भयो,' जनगणना विभागका निर्देशक रुद्र सुवालले कान्तिपुसित भने, 'पछि यसलाई असर गर्ने तत्त्व केलाउँदै जाँदा अनुपस्थित जनसंख्या ठूलो देखियो ।'
 
सुवालका अनुसार हाल १९ लाख १७ हजार ९ सय ३ जना नेपाली बिदेसिएका छन् । तीमध्ये १६ लाख ६३ हजार २ सय ३७ जना पुरुष छन् भने २ लाख ५४ हजार ६ सय ६६ जना महिला छन् । यिनीहरूमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुकमा छन् । 'अनुपस्थित जनसंख्याको उमेर समूहचाहिँ विश्लेषणको क्रममा छ तर अधिकांश प्रजनन उमेर समूहका मानिस वैदेशिक रोजगारीमा गएका छन्,' सुवालले भने ।
 
यति ठूलो उमेर जनसंख्या अनुपस्थित रहनु जनसांख्यिक हिसाबले दुःखद भएको जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक रामशरण पाठकले बताए । पाठकका अनुसार अनुपस्थित जनसंख्याको उमेर समूहको तथ्यांक सार्वजनिक भएपछि मात्र वाषिर्क वृद्धिदर घट्ने कारणमा अनुपस्थित जनसंख्याको भूमिकाको अवस्था बताउन सकिन्छ । 'तर पनि दम्पती छुट्टएिर बस्नुपर्ने कारणले प्रजननमा असर परेको देखिन्छ,' पाठकले भने, 'लोग्ने वा स्वास्नी विदेशमा हुनेबित्तिकै नियमित परिवार योजना बिथोलिन्छ । यसले जनसंख्याको दीर्घकालीन व्यवस्थापनमा समस्या ल्याउँछ ।' जनसंख्याको ठूलो अनुपस्थितिले जनसांख्यिक र सामाजिक संरचनामा असर हुने पाठकले बताए । 'युवा जनसंख्या अनुपस्थित हुनेबित्तिकै जनसंख्या पिरामिडको आकार पनि परिवर्तन हुन्छ,' उनले भने, 'नेपालीको अाैसत आयु बढ्दै गएको अवस्थामा बालबालिका र वृद्धको संख्या बढी हुन्छ ।' 
 
तथ्यांकले लैंगिक अनुपातको खाडल पनि बढ्दै गएको देखाएको छ । जसअनुसार प्रति सयजना महिलामा ९४ जना पुरुष स्वदेशमा छन् । दस वर्षअघि यो तथ्यांक ९९ दशमलव ८ थियो । यो वर्ष कुल जनसंख्याको ४८ दशमलव ५६ प्रतिशत पुरुष र ५१ दशमलव ४४ प्रतिशत महिला छन् । 
तथ्यांकले केही जिल्लाको लंैगिक अनुपातको खाडल गहिरो देखाएको छ । गुल्मीमा लैंगिक अनुपात ७६, स्याङ्जा ७८, पाल्पा, अर्घाखाँची र प्यूठान ७९  छ ।
 
Published on: 21 January 2012 | Kantipur

Back to list

;