s

पोखराबाट श्रम स्वीकृति सेवा शुरु

सागरराज तिमिल्सिना

गण्डकी प्रदेशको राजधानी पोखराबाटै बिहिबारदेखि श्रम स्वीकृति सेवा दिन सुरू गरिएको छ। वैदेशिक रोजगारीमा जाने कामदारहरूको सहजता लागि पोखराबाटै श्रम स्वीकृति दिन थालिएको हो। श्रममन्त्री गोकर्ण विष्टले दुई जना युवालाई पुन: श्रम स्वीकृति दिएको राहदानी दिएर सुरू गरे।

मन्त्री विष्टले स्याङ्जाका खड्क बहादुर गुरुङ र नवलपरासीका चन्द्रमान गुरुङलाई राहदानी दिए। चन्द्रमान १८ वर्षदेखि मकाउमा कामका लागि आउने जाने गरेका छन् भने खड्कबहादुर १२ वर्षदेखि दुबई काम लागि आउने जाने गरेका छन्।
 
प्रदेशबाट श्रम स्वीकृति पाएकोमा उनीहरूले खुसी व्यक्त गरे। प्रदेशबाटै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि श्रम स्वीकृति जारी गरेको मन्त्री विष्टले बताए।
 
उनले नेपालमा नै रोजगारी सिर्जना गर्नका लागि सरकार ७ सय ५३ वटै स्थानीय तहमा रोजगार केन्द्र स्थापना गर्न लागेको बताए।
 
श्रम स्वीकृति लगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख नारायण प्रसाद श्रेष्ठले जानकारी दिए।
 
उनले नयाँ श्रम स्वीकृति भने अहिले नै सुरू नभएको बताए।अहिले पुनः श्रम स्वीकृति मात्रै भएको केही दिनपछि नयाँ श्रम स्वीकृतिको काम पनि पोखराबाटै हुने उनले जनाए।प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ थियो।
 
वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो।
 
सेवा सुचारु गर्नका लागि वैदेशिक रोजगार विभागका कम्प्युटर इन्जिनियर र प्राविधिक लगायतका कर्मचारीहरू पोखरामा थपिएका छन्।
 
Published On: 11 January 2019 | Setopati

Back to list

;