सुनाखरी मगर
मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन् । सुनसरीको भरोलका सन्तोष राईले शनिबार आत्महत्या गरेका हुन् ।
मलेसियाको जोहरबारुस्थित सेनाइ मोर्नी एएसजे इलेक्ट्रोनिक कम्पनीमा काम गर्ने सन्तोषले आफ्नै कोठामा आत्महत्या गरेका हुन् । एक वर्ष पहिले मलेसिया आएका सन्तोषले परिवारको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेको एउटै कम्पनीमा काम गर्ने दिलिप माझीले जानकारी दिनुभयो ।
सन्तोषको शव पोस्टमार्टमका लागि कुलाइ अस्पतालमा राखिएको छ । नाता प्रमाणीकरण पत्र आएपछि छिट्टै शव नेपाल पठाउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
Published on: 18 March 2018 | Ujyaaloonline
GET IN TOUCH